काठमाडौँ– ५ दिनसम्म लगातार ओरालो लागेको नेप्से मंगलबार सामान्य अंकले बढेको छ।
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.५४ अकंले बढेर २६८३.८६ बिन्दुमा कायम भएको छ। २७६३ को बिन्दु चुमेर ओरालो लागेको नेप्सेले ५ दिनपछि बढ्दा पनि २७०० अंकसम्म पुग्न सकेन।
मंगलबार २९९ कम्पनीको १ करोड ३९ लाख ६८ हजार कित्ता सेयर किनेबच हुँदा ७ अर्ब २४ करोडको कारोबार भएको छ।
५ उपसूचकमा हरियाली आउँदा ८ उपसूचक राता देखिएका छन्।
मंगलबार १३४ कम्पनीको शेयर मूल्य बढ्दा ९८ कम्पनीको घटेको छ।














