काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से) ७.१३ अंकले बढेर २,७६५.८८ विन्दुमा पुगेको छ ।
अघिल्लो दिन ११ अर्ब ८ करोडको कारोबार भएकोमा आज ९ अर्ब ९० करोडको कारोबार भएको छ ।
त्यस्तै उत्पादन ०.१८, जीवन बीमा ०.८१, लगानी ०.७७, होटल तथा पर्यटन ०.०५ र बैंकिङ सेक्टर ०.०२ प्रतिशत बढे । विकास बैंक ०.१२, फाइनान्स ०.७१, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.२८ र व्यापार समूह २.५१ प्रतिशत घटे ।
१३२ कम्पनीको मूल्य घट्दा १०४ को बढ्यो भने ९ को स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।










