दार्चुलामा प्रभु बैंकको नँया शाखा सञ्चालनमा, बैंकको सेवा अब ७७ वटै जिल्लामा



काठमाडौं । प्रभु बैंकले दार्चुलामा नँया शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नं. ०४ स्थित खलंगामा आइतबारबाट नँया शाखा सञ्चालनमा ल्याएको हो ।

देशका विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरिरहेको बैंकले जनाएको छ छ । यो अभियानले देशैभर बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकरात्मक टेवा पुगेकोे बैंकको भनाइ छ ।

बैंकको दार्चुला शाखा कार्यालयको उद्घाटनको क्रममा बैंकका सुदुर पश्चिम प्रदेश कार्यालयका प्रमुख व्यापारिक केन्द्र अधिकृत, कर्णाली प्रदेश प्रमुख लगायत स्थानीय बासिन्दा, सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।


दार्चुला शाखा कार्यालय सञ्चालनमा आएसँगै प्रभु बैंक लिमिटेडको सेवा अब देशका ७७ वटै जिल्लामा बिस्तार भएको छ ।

प्रकाशित मिति : फाल्गुन १८, २०८१ आईतबार  ८ : ४० बजे