मंगलबार सेयर बजार ३० अंकले घटेर २८४६ विन्दुमा



काठमाडौं ।सेयर बजार मंगलबार ३० अंकले घटेको छ । बजार ३०.३६ अंकले घट्दा समग्र बजार मापक २,८४६.३० विन्दुमा पूगेको छ ।

सबै सेक्टरका सूचक घटेका छन् । बैंकिङ १.०५, विकास बैंक ०.३९, फाइनान्स २.१०, होटल तथा पर्यटन ०.९७, हाइड्रोपावर १.०८, लगानी १.७५, जीवन बीमा ०.६९, उत्पादन २.२१, माइक्रोफाइनान्स १.४१, निर्जीवन बीमा १.११, अन्य ०.०६ तथा व्यापार समूह ०.८४ प्रतिशत घटे ।गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो ।

त्यस्तै आत्मनिर्भर लघुवित्तको ६.६६, युनिभर्सल पावरको ५.७४, बरुण हाइड्रोपावरको ५.६०, शिवश्री हाइड्रोपावरको ५.३० प्रतिशत मूल्य बढ्यो ।

आज ४१ कम्पनीको सेयरमूल्य बढेको छ भने यस्तै, १९८ कम्पनीको सेयरमूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन २०, २०८१ मंगलबार  ३ : ३० बजे