काठमाडौं । कुमारी बैंकका ग्राहकहरुले काठमाण्डौको भाटभटेनी टंगालमा रहेको क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्रका सेवाहरुमा छुट पाउने भएका छन् ।
कुमारी बैंक लिमिटेड र क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र (के. ल्याब) बिच बैंकका ग्राहकहरुलाई सो ल्याबबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।
सम्झौता बमोजिम ल्याबले दिने सेवाहरुमा कुमारी बैंकका ग्राहकहरूलाई आन्तरिक ल्याब टेष्टमा २०% र बाह्य ल्याब टेष्टमा १०% सम्म छुट हुने छ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकहरुलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत बैंकले प्रतिबद्धता जनाएको छ ।










