काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २५.१६ अंक घटेको छ । आज समग्र बजार मापक २,८२१.१३ विन्दुमा झरेको छ ।
यसदिन १० अर्ब ९७ करोड रुपैयाँ बराबरको दुई करोड ३३ लाख कित्ता सेयर कारोबार भएको छ ।
मंगलबार १२ अर्ब ९४ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।व्यापार बाहेक सबै सेक्टर घटेका छन् । व्यापार ०.४३ प्रतिशत बढ्यो ।
व्यापार बाहेक सबै सेक्टर घटेका छन् । व्यापार ०.४३ प्रतिशत बढ्यो ।बैंकिङ १.०४, विकास बैंक १.३१, फाइनान्स १.५५, होटल तथा पर्यटन १.०५, हाइड्रोपावर ०.३७, लगानी १.२४, जीवन बीमा १.४५, उत्पादन ०.९४, माइक्रोफाइनान्स ०.५०, निर्जीवन बीमा १.५१ तथा अन्य समूह ०.७६ प्रतिशत घटे ।समाज लघुवित्त, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र उन्नति सहकार्य लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । माउन्टेन हाइड्रो नेपालको ८।८२ तथा गुराँस लघुवित्तको ७।४२ प्रतिशत मूल्य बढ्यो ।
यसदिन ६२ कम्पनीको मूल्य बढ्दा १७४ को घट्यो भने ८ को स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।