आइतबार सेयर बजार ४६ अंकले घटेर २७७२.१० बिन्दुमा



काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजार सूचक नेप्से ४६.३३ अंकले घटेको छ। योसँगै २७७२.१० बिन्दुमा ओर्लिएको नेप्सेमा आइतबार १० अर्ब १ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

ठूलो अंकले घटेको बजारमा २४ कम्पनीको भने मूल्य बढेको छ। २१७ कम्पनीको मूल्य घटेको घट्दा २ कम्पनीको मूल्य स्थिर रह्यो।

बजारमा आज पनि गार्डियन लाइफसहित आईसीएफसी फाइनान्सको डिबेञ्चर र भूगोल इनर्जी गरी तीन कम्पनीको इन्स्योरेन्सको सेयरमा सकारात्मक सर्किट लागेको छ। उपकार लघुवित्त र सिन्धु विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ।

बजारमा सबै समूहको सूचक घटेको छ। सबैभन्दा धेरै अन्य समूह र इन्भेष्टमेन्ट समूहको शेयर घटेको छ।

कारोबार रकमका आधारमा आज पनि हिमालयन रि–इन्स्योरेन्स १ अर्ब १२ करोड रुपैयाँसहित अगाडि छ।

गार्डियनको कारोबार संख्या सबैभन्दा बढी छ।

प्रकाशित मिति : फाल्गुन २५, २०८१ आईतबार  ४ : १७ बजे