आजको मौसम : हल्कादेखि मध्यम वर्षा हुने



आज देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव छ ।

अहिले देशभर आंशिकदेखि सामान्यतः बदली छ ।प्रदेश नम्बर–१, मधेस प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्यता बदली रहनेछ । पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार राति पहाडी भूभागमा आंशिकदेखि सामान्यता बदली रहनेछ । बाँकी भूभागमा आंशिकदेखि मौसम सामान्यतः सफा रहनेछ ।

 

प्रकाशित मिति : असार ३१, २०७९ शुक्रबार  ८ : २९ बजे