सिन्धुपाल्चोकमा बिहानै भूकम्प ,काठमाडौंमा पनि महसुस



सोमबार बिहानै भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो ।

थप विवरण प्राप्त भइसकेको छैन ।

प्रकाशित मिति : श्रावण ९, २०७९ सोमबार  ८ : ३८ बजे