महोत्तरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु



महोत्तरीको रामगोपालपुर नगरपालिका–१ मा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

नम्बर खुल्न नसकेको मोटरसाइकलले पैदल हिंडिरहेका स्थानीय ६५ वर्षीय शेख मनाङलाई हिजो बेलुकी साढे ७ बजे ठक्कर दिएको थियो ।

उपचारको लागि अस्पताल पु¥याउनासाथ उनलाई डाक्टरले मृत्त घोषणा गरेका थियो ।

दुर्घटना गराएर मोटरसाइकल सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रामगोपालपुरले जनाएको छ ।

प्रकाशित मिति : श्रावण १८, २०७९ बुधबार  १२ : ३० बजे