काठमाडौं फागुन, २६– सरकारसँग ११ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा प्रवेश गरेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत मधेसतर्फ लागेका छन्। सर्वोच्च अदालतको आदेशमा बिहीबार उनी पछिल्लो ५ महिने जेल बसाइबाट रिहा भएका थिए। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । सरकारले शुक्रबार उनीसँग ‘आश्चर्यजनक’ रूपमा राजनीतिक सहमति गरेको थियो। सहमतिको भोलिपल्टै उनी आफ्नो मागमा…