काठमाडौं फागुन, २१– प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको १५ महिनामा चार सांसदको पद रिक्त भएको छ । प्रतिनिधिसभाका एक र प्रदेश सभाका तीन सांसदको निधनसँगै पद रिक्त भएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । कास्की–२ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद तथा पयर्टनमन्त्री रवीन्द्र अधिकारीको गत १५ फागुनमा ताप्लेजुङको फुङलिङमा हेलिकोप्टर दुर्घटनामा निधन भएको…