सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान दिन सरकारले निकासा गर्यो नौ अर्ब ८० करोड

काठमाडौं। सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि झण्डै १० अर्ब रुपैयाँ निकासा गरेको छ। सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम चालु आर्थिक वर्षका लागि नौ अर्ब ८० करोड रुपैयाँ निकासा गरेको अर्थ मन्त्रालयले जनाएको छ। “चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रममा सहुलियतपूर्ण कर्जा ब्याज अनुदान प्रयोजनका लागि दोस्रो त्रैमासिक अवधिमा विनियोजन रकमलाई…