नेपाल टेलिकम र मौसम विज्ञान विभागबिच मौसमजन्य पूर्वसूचना प्रवाह गर्ने सम्झौता

काठमाडौँ, जेठ ३२ गते । जल तथा मौसमजन्य विपद जोखिमसम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच सम्झौता भएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आज भएको सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागका तर्फबाट महानिर्देशक डा। जगदीश्वर कर्माचार्यले हस्ताक्षर गर्नुभयो ।…