काठमाडौँ । कुमारी बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवामा नयाँ आयाम थप्दै नेपालको पहिलो रियल–टाइम ईआरपी 'एकीकृत डिजिटल कर्जा' प्लेटफर्म सार्वजनिक गरेको छ। बैंकले आएमएस सफ्टवेयर प्रा.लि.सँगको सहकार्यमा यो प्रणाली विकास गरेको हो। नयाँ प्रणालीमार्फत व्यवसायी ग्राहकहरूले अब बिनाधितो चालु पूँजी कर्जा पूर्ण रूपमा डिजिटल प्रक्रियाबाट प्राप्त गर्न सक्नेछन्। कर्जा आवेदनदेखि स्वीकृति, वितरण र भुक्तानीसम्मका सबै…