काठमाडौँ, ४ असार । मुलुकको हवाई सुरक्षा प्रणाली अभिवृद्धि गर्ने उद्देश्यले नेपालको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र फ्रान्सको नागरिक उड्डयन प्राधिकरणबीच समझदारी भएको छ । फ्रान्सको राजधानी पेरिसमा आज दुई मुलुकका हवाई उड्डयनका नियामक निकायबीच प्राविधिक र जनशक्ति व्यवस्थापन विकासका लागि चारवर्षे सम्झौता भएको हो । उक्त समझदारीपत्रमा नेपालका तर्फबाट क्यानका महानिर्देशक प्रदीप…