नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा आगामी वैशाख २ गतेदेखि ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०७९’ हुने भएको छ ।प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको प्रतिष्ठानले आज पत्रकारसम्मेलन गरी जानकारी दिएको छ । प्रदर्शनीको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ । प्रदर्शनीका लागि ३६५ कलाकारका ४२६ कलाकृति दर्ता भएकामा ३४१ कलाकारका ३८९ कलाकृति प्रदर्शनीका…