काठमाडौं, १९ असोज । प्रस्तावित चलचित्र विधेयकको मस्यौदा अगाडि नबढाउन माग गर्दै चलचित्रसम्बन्धी विभिन्न सङ्घ संस्थाले चलचित्र विकास बोर्डको ध्यानाकर्षण गराएका छन् ।शुक्रवार सङ्घसंस्थाका प्रतिनिधिले चावहिलस्थित बोर्ड पुगेर बोर्ड अध्यक्ष भुवन केसीलाई असहमति पत्र बुझाउँदै प्रस्तावित विधेयक अगाडि नबढाउन अनुरोध गरेका हुन् ।फिल्म निर्माता तथा निर्देशक नवल खड्का, चलचित्र कलाकाल संघको अध्यक्ष मोहन निरौलालगायतका चलचित्रकर्मीहरुले…