सर्वोच्च अदालतले सरकारलाई खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिकलाई घरमै गएर खोप लगाउन आदेश दिएको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले शुक्रबार सो आदेश दिएको हो । अदालतले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घरोगी तथा फरक क्षमता भएका दुवै आँखा नदेख्ने नारिकहरुको लागत संकलन गर्न र घरघरमा…