दुखाइ कम गर्न पेनकिलर खानु मिर्गौला, मुटु र कलेजो ड्यामेजको खतरा

काठमाडौं चैत, १०– संखुवासभाका सुदीप श्रेष्ठ (नाम परिवर्तन) अहिले ३२ वर्षका भए । २३ वर्षको छँदा उनलाई जिउ र टाउको दुख्ने समस्या देखियो । केही दिनको पर्खाइमा ठीक नभएपछि तुम्लिङटारस्थित मनकामना पोलिक्लिनिकमा गए । स्वास्थ्यकर्मीले पेनकिलर प्रयोग गर्न सल्लाह दिए । दुखाइ कम गर्ने नाममा धेरै पेनकिलर सेवन गर्दा अहिले उनको मिर्गौलामा समस्या देखिएको छ…