दाङ माघ, २– दाङमा कर्मचारीहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी गरेका छन् । पेशागत सुरक्षाका साथै अस्पताल सुधारको माग राख्दै उनीहरुले तालाबन्दी गरेका हुन् । कर्मचारी संघर्ष समितिको आहृवानमा कर्मचारीहरुले घोराहीमा रहेको प्रतिष्ठानको केन्द्रीय कार्यालयका साथै प्रशासनिक कक्षमा बुधबार बिहान तालाबन्दी गरेका हुन् । आज प्रशासनिक काम ठप्प पारेका कर्मचारीहरुले माघ ३ गतेदेखि इमर्जेन्सी, प्रसूतिबाहेक सबै…