काठमाडौं माघ, २७– स्वास्थ्य मन्त्रालयमा धर्ना दिएका २५ जना चिकित्सक पक्राउ परेका छन् । कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै समयोजनमा चिकित्सकको दरबन्दी संघ अन्तर्गत हुनुपर्ने माग राख्दै उनीहरु स्वास्थ्यमन्त्रालय भित्र धर्नामा रहेका थिए । चिकत्सक संघ (गोदान) का अध्यक्ष दिपेन्द्र पाण्डेसहित २५ जना चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आफ्नो माग सम्बोधन गर्न सरकारलाई दबाव दिँदै…