काठमाडौ. । फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोँले शनिवार र आइतवारको प्रदर्शनका क्रममा हिंसा र लुटपाट भएपछि शान्ति र सुव्यवस्था कायम गर्न आह्वान गरेका छन्। राष्ट्रपति निवास रहेको इलिजी प्यालेसबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले प्रदर्शनमा सहभागीहरूलाई तनाव थप नबढाउन चेतावनी दिँदै भने, हामी सबैले क्रोध र लज्जा महसुस गरेका छौं । बढ्दो इन्धन मूल्य, महँगी तथा…