साउदी राज परिवारका वरिष्ठ तीन सदस्य पक्राउ परेका छन्। राजाका भाइसहित राजपरिवारका तीनजना वरिष्ठ सदस्यलाई कारण नखुलाइकनै गिरफ्तार गरिएको अन्तराष्टिय सञ्चारमाध्यमले जनाएका छन्। तीमध्ये दुई पुरुष सदस्यहरू देशका प्रभावशाली व्यक्तित्व हुन्। पछिल्लो घटनालाई युवराज मोहम्मद बिन सलमानसँग जोडेर हेरिएको छ। पक्राउ पनेमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्व राजकुमार मोहम्मद बिन नायेफ र भतिजा…