काठ्माण्डौ, बिबिसिबाट- न्यूजील्यान्डमा भएको एउटा ज्वालामुखी विस्फोटमा झन्डै २० जना मानिस घाइते भएका र अन्य केही सम्पर्कविहीन भएको जनाइएको छ। उद्धारकर्मीहरूका अनुसार घाइतेमध्ये केही गम्भीर अवस्थामा छन्।देशको उत्तरपूर्वी भेगको ह्वकारी पनि भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट भएको हो।घाइतेहरूको शरीर पोलेको छ। न्यूजील्यान्डको क्रूज असोसिएशनका अनुसार एउटा पर्यटक बोकेको डुङ्गा पनि प्रभावित भएको छ।उद्धारकार्यका…