चिनियाँ राष्ट्रपति सीलाई ‘गार्ड अफ अनर’

काठमाडौं, २५ असोज - नेपालको दुई दिने राजकीय भ्रमणमा त्रिभुवन विमानस्थलमा ओर्लिएका चिनियाँ राष्ट्रपति सी जिनफिङको सम्मानार्थ नेपाली सेनाको एक टुकडीले गार्ड अफ अनर दिएको छ ।  नेपाली सेनाको एक टुकडीले विशिष्ट अतिथि राष्ट्रपति सीको सम्मानमा  सम्मान गारथ २१ तोपको सलामी दिएको थियो । राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति…