काठमाडौं, २३ भदौ । नेपाल र चीनबीच तीन वटा महत्वपूर्ण विषयमा समझदारी भएका छन्। सोमबार भएको परराष्ट्रमन्त्रिस्तरीय बैठकमा समझदारी पत्रमा हस्ताक्षर भएको हो। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीको उपस्थितिमा दुई देशका अधिकारीहरूले सम्झौता पत्र अदान–प्रदान गरेका हुन् । आज भएको समझदारीअनुसार चीनले हिमाल पारीको जिल्ला मनाङमा ३५ करोड ६० लाख रुपैयाँ लगानीमा…