अमेरिकाले इजरायलमा हतियार पठाउन कटौती गरेपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले असन्तुष्टि जनाएका छन् । आइतबार जेरुसेलममा बसेको मन्त्रिपरिषद्को बैठकपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले एक विज्ञप्ति जारी गर्दै चार महिनाअघिदेखि अमेरिकाबाट इजरायलमा आउने हतियारमा उल्लेख्य कमी आएको बताएका हुन् । उनले हतियार आपुर्ति बढाउनका लागि अमेरिकी अधिकारीसँग कुरा गरेको पनि उल्लेख गरेका छन् । मेमा, अमेरिकी बाइडेन…