बाइडेन र ट्रम्प दुवैले जिते प्राइमरी इलेक्सन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ओहायोमा आफ्नो पार्टीको राष्ट्रपतिको प्राइमरी इलेक्सन (प्राथमिक चुनाव) जितेका छन् । दुबैले गत हप्ता आ–आफ्नो पार्टीका अनुमानित उम्मेदवार बनेपछि थप समर्थन प्राप्त गर्ने अपेक्षा गरेका छन् । ओहायोमा विजयी भएपछि ट्रम्पले एरिजोना, फ्लोरिडा, इलिनोइस र कान्सासमा प्राइमरी चुनाव सजिलै जित्ने अपेक्षा गरिएको छ ।…