नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा रहेको बताएका छन्। गृहमन्त्रालयको जिम्मेवारी सम्हालेपछि न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले सरकार अनि राज्य प्रणालीको सुरुवात नै नागरिकको जीवनरक्षाका लागि भएको र शासन व्यवस्थाभित्रको नागरिकको जीवन रक्षा नै आफ्नो पहिलो दायित्व भएको बताएका छन्। जुनकुनै कारणले होस् कुनैपनि नागरिकले अकालमा मृत्युवरण गर्नु हुँदैन भन्ने नै…