काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बेइजिङतर्फ आज प्रस्थान गरेका छन् । चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा दशौँ बेइजिङ स्याङ्सन फोरममा सहभागी हुन प्रधानसेनापति शर्मा चीन गएको सैनिक मुख्यालयले जनाएको छ । यही कात्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधान सेनापति शर्माको चीन भ्रमण स्वीकृत गरेको थियो । यही कात्तिक १२…