जेष्ठ नागरिकको अनुभवबाट शिक्षा लिए समाज बलियो हुन्छः सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले जेष्ठ नागरिकहरूको अनुभवबाट लिइने सकारात्मक शिक्षाबाट समाज र आउँदो पुस्ता बलियो हुने बताएका छन् । बुधबार काठमाडौंमा २३औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको सन्दर्भमा आयोजित ‘शताब्दी व्यक्तित्व सम्मान’ तथा ‘शताब्दी व्यक्तित्व’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जेष्ठ नागरिकहरुको अनुभवबाट लिने सकारात्मक शिक्षाबाट समाज र आउँदो…