काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्शांकनको काम बाँकी रहेको बताएका छन् । राष्ट्रिय सभाको बिहीवारको बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले यस्तो बताएका हून्। उनले नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा सन् १८१६ को सुगौली सन्धिअनुसार स्थापित र निर्देशित रहेको उल्लेख गरे। परराष्ट्रमन्त्री खनालले भने, 'सम्माननीय प्रधानमन्त्रीज्यूले सदनमा उल्लेख गर्नुभएको…