अर्थमन्त्रीलाई काँग्रेस सचेतक राईको प्रश्न- ‘करको दर कसको स्वार्थमा फेरियो ?’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सचेतक निष्कल राईले कसको स्वार्थका लागि करको दर फेरफेर गरेको ? भनि अर्थमन्त्री डा. स्वर्णिय वाग्लेलाई प्रश्न गरेका छन्। बिहीवार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै उनले करको दर र आर्थिक विधेयकमा मनलाग्दी हेरफेर गरेर अर्थमन्त्री वाग्लेले अक्ष्यम्य गल्ती गरेको भन्दै आक्रोस समेत व्यक्त गरे ।…