ईश्वर पोखरेलले लिए खनालको स्वास्थ्यावस्थाबारे जानकारी

उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको छ । नर्भिक अस्पताल पुगेर उहाँले पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको उहाँका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी लिनुभयो । कोभिड–१९ सङ्क्रमण देखिएपछि नेता खनाल शनिबार अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँलाई शनिबार साँझदेखि नै अक्सिजनको सहयोगमा उपचार शुरु गरिएको थियो ।