पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। उनलाई गएराति काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै पक्राउ गरिएको हो। स्रोतका अनुसार जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको हो। यद्यपि, उनीमाथि कुन कसुरमा अनुसन्धान अघि बढाइएको हो भन्नेबारे प्रहरीले तत्काल खुलाएको छैन। तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्ध २०७८ फागुनमा प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। प्रस्ताव दर्तापछि उनी…