काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आम नागरिकले सहज र वास्तविक न्याय पाउनुपर्ने बताएका छन् । रास्वपाको दुई दिने प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानन्यायाधीश सिफारिस प्रक्रियाबारे टिप्पणी गर्दै लामिछानेले परम्पराभन्दा बाहिर गएर गरिएको निर्णयलाई असंवैधानिक भनिएको प्रसंग उठाउदै वरिष्ठताका आधारमा मात्रै नियुक्ति गर्ने हो भने संवैधानिक परिषद्को आवश्यकता…