काठमाडौं वैशाख, ९– नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याटलाइट वान’ अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको छ । अन्तरीक्षका लागि प्रक्षेपण गरिएको भूउपग्रह पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रमा जोडिएको हो । सोमबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले ललितपुरको खुमलटारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी गराएको हो…