इन्धन खर्चमा सभामुख महराको मनपरी, रोल्पा पुग्नलाई ८३ हजारको तेल झ्वाम !

काठमाडौं माघ, २७– संघीय संसद्का पदाधिकारीले इन्धन खर्चमा तोकिएभन्दा निकै बढी रकम बुझिरहेको पाइएको छ । सभामुख, अध्यक्ष, उपसभामुख र उपाध्यक्षले विभिन्न जिल्ला जाँदा जहाज भाडाका अतिरिक्त खर्च गरेको इन्धनको परिमाण पत्याउनै मुस्किल पर्छ । उनीहरूले व्यक्तिगत काममा जाँदासमेत इन्धन सुविधा दाबी गरेका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले कात्तिक १९ देखि…