सरकार विरोधी प्रदर्शनमा उत्रिएका नेविसंघका दर्जन बढी नेता कार्यकर्ता पक्राउ, वानेश्वरको अवस्था तनाबपूर्ण

काठमाडौं माघ, ११– गोविन्द केसीको माग, निर्मला पन्त हत्यारा पत्ता लगाउनुपर्ने तथा सरकारको अधिनायकवादी चरित्रको विरोधमा प्रदर्शन गर्दै आएको कांग्रेस भातृसंस्था नेपाल विद्यार्थी संघले आज पनि वानेश्वरमा प्रदर्शन गरेको छ । वानेश्वरमा प्रदर्शन गरिरहेका नेविसंघका दर्जन बढी नेता कार्यकर्ता पक्राउ परेको नेविसंघले जनाएको छ । संसद भवन अगाडी प्रदर्शन गरेका नेवि संघ केन्द्रीय सदस्य नवराज…