डा. केसीलाई आईसीयूबाट जनरल वार्डमा सारियो

काठमाडौं माघ, ६– अनसनरत प्रा.डा. गोविन्द केसीलाई आईसीयूबाट जनरल वार्डमा सारिएको छ। गत पुस २५ गतेदेखि इलाममा अनसन बसेका डा. केसीलाई इलामबाट काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालको आईसीयू कक्षमा राखिएको थियो । उनलाई आइतबार जनरल वार्डमा सारिएको हो। अनसनरत डा. केसीले आफ्ना कारण सर्वसाधारणलाई आईसीयू बेड अभाव नहोस् भनेर जनरल वार्डमा सार्न आग्रह गरेका थिए।…