काठमाडौं पुस, २२– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नाराबाजी गरेपछि संसद बैठक स्थगित भएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर गर्नुपर्ने माग गर्दै नेपाली कांग्रेसले नाराबाजी गरेको हो । कांग्रेस सांसदले रोष्ट्रममा नाराबाजी गर्दै वेल घेराउ गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ।