टिपर आतंक कायमै , काठमाडौंको ढल्कुमा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौं - आज बिहान काठमाडौं महानगरपालिका–१७ स्थित ढल्कुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। डल्लुबाट सोह्रखुट्टेतर्फ आउँदै गरेको बा ३ ख ४२२० नम्बरको फोहरमैला बोक्ने टिपरले विपरीत दिशाबाट जाँदै गरेको बा ५१ प ६८६७ नम्बरको मोटरसाइकललाई बिहान १०ः५५ बजे ठक्कर दिँदा सो दुर्घटना भएको हो। दुर्घटनामा महानगरपालिका–१७ धोबीचौरका ३० वर्षीय अनिल गुरुङको मृत्यु भएको…