प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुँदैछ । साँझ सवा ५ बजे नेपाली दुताबसामा नेपाली समुदायसँग अन्तरक्रिया गरिसकेका ओलीले समकक्षी मोदीलाई भेट्न लागेका हुन् । प्रधानमन्त्री मोदीसँग उनको निवास ७ लोक कल्याण मार्गमा भेटवार्ता हुन लागेको हो । त्यसपछि ओली–मोदी नेपाली दुतावासद्धारा होटल इम्पेरियलमा आयोजित रात्रीभोजमा सहभागी हुने कार्यक्रम रहेको छ ।…