काठमाडौं चैत, २८– ओखलढुंगामा गाँउपालिका अध्यक्षमाथि आक्रमण भएको छ । जिल्लाको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेलमाथि अज्ञात समूहले आक्रमण गरेको हो । क्वार्टरमा सुतिरहेका पौडेललाई बाहिर बोलाएर मुंग्रो प्रहार गरेको हो । उनले भने, ‘म निवासमै सुतिरहेको थिएँ, बाहिर निस्कनुस्, जरुरी काम छ भनेर बोलाए । कोही जनता दुःख पाएर आए भन्ने ठानेर बाहिर निस्केको…