प्रहरी हस्तक्षेपको विरोधमा आज देशैभरका सामुदायिक विद्यालय ठप्प

काठमाडौं फागुन, २१– मंगलबार देशैभरका सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ । राहतमा कार्यरत शिक्षकको आन्दोलनले देशभरका सामुदायिक विद्यालय ठप्प भएका हुन् । उनीहरुले सोमबार प्रहरीले गरेको हस्तक्षेपको विरोधमा आज विद्यालय बन्द गराएका हुन् । नेपाल राहत शिक्षक संघर्ष समितिका अध्यक्ष खेमराज अधिकारीले पटक–पटक आन्दोलन गर्दा पनि सरकारले सुनुवाइ नगरेकाले विद्यालय बन्द गर्नु परेको बताए…