काठमाडौँ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको निवासमा मध्यरातमा प्रहरीले छापा मारेको छ। बिहीबार मध्य राति विराटनगर महानगरपालिका–३ स्थित ल क्याम्पस नजिकैको निवासमा प्रहरी पुगेर छापा मारेको हो । राति पर्खाल नाघेर प्रहरी घरभित्र छिरेको मन्त्रीको सचिवालयले जनाएको छ । यद्यपी मन्त्री पराजुली भने निवासमा थिएनन् । मोरङका प्रमुख जिल्ला अधिकार…