स्थानान्तरण प्रक्रियामा छुटेका भूमिहीन नागरिकहरूलाई सम्पर्कमा आउन सरकारको आह्वान

काठमाडौं । शहरी विकास मन्त्रालयले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा विभिन्न कारणले छुटेका नागरिकहरूलाई यथाशीघ्र सम्पर्कमा आउन आह्वान गरेको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सहायता आवश्यक भएका नागरिकहरूका लागि काठमाडौँको दशरथ रंगशालालाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकेको छ। हालसम्म दर्ता प्रक्रियामा नआएका र व्यवस्थापनको पर्खाइमा रहेका नागरिकहरूलाई रंगशालामा उपस्थित भई आफ्नो…