काठमाडौँ । तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले शानदार शुरूआत गरेको छ । मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा सोमबार भएको पहिलो खेलमा नेपालले बहराइनमाथि ७ विकेटको जित हासिल गरेको हो । ८८ रनको झिनो चुनौती नेपालले २१ ओभरमै ३ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि ओपनिङ ब्याट्सम्यान अर्जुन कुमालले ५८ बलमा…