प्रतिनिधि सभा साउन १४ गते सम्मका लागि स्थगित

काठमाडौँ । बजेटसँग सम्बन्धित महत्वपूर्ण विधेयकहरू पारित गरेसँगै प्रतिनिधि सभाको बैठक आगामी साउन १४ गतेसम्मका लागि स्थगित भएको छ। बुधबारको बैठकको अन्त्यमा सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित भएको घोषणा गर्दै अर्को बैठक आगामी साउन १४ गते बिहीबार बस्ने जानकारी दिए। संसद् बैठक स्थगित गर्दै सभामुख अर्यालले संसद्को यो विश्रामको समयलाई जनतासँगको विमर्शमा रूपान्तरण गर्न सांसदहरूलाई…